डढेलो क्यानाडामा,धुवाँ जति अमेरिकामा

डढेलो क्यानाडामा,धुवाँ जति अमेरिकामा

क्यानाडाको जंगलमा भिषण आगलागी भएको छ । सोही डढेलोका कारण अमेरिकाको उत्तर र उत्तरपूर्वी राज्यहरुमा धुँवाको बाक्लो तुँवालो लागेको छ ।

वायु प्रदुषण बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेको छ । क्यानाडाले पनि सर्वसाधारणलाई मास्क लगाउन सूचना जारी गरेको छ ।

क्यानाडाको क्युबेक नजिकैका जंगलका कम्तिमा एक सय ५० स्थानमा डढेलो लागेको छ । 

यसैबीच न्यूयोर्कका गर्भनर क्याथी होचुलले राज्यभर एक करोड मास्क निःशुल्क वितरण गरिने भनेका छन् । डढेलो निभाउन अमेरिकाले छ सयभन्दा बढी अग्निनियन्त्रक हवाईजहाज र अन्य उपकरण त्यसतर्फ पठाएको छ ।

 

टिप्पणीहरू