साँझ घुम्न निस्केकी युवती बलात्कृत, युवक पक्राउ

साँझ घुम्न निस्केकी युवती बलात्कृत, युवक पक्राउ

झापामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

कनकाई नगरपालिका–३ का २३ वर्षीय उज्वल राई बलात्कार आरोपमा समातिएका हुन् । उनले मंगलबार साँझ घुमफिर गर्न घरबाहिर निस्किएकी ती युवतीलाई करणी गरेको प्रहरीले बताएको छ । 

ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उज्जवललाई हिजो दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू