बसले हानेर स्कुटर चालक मरेपछि मोरङमा तनाव

बसले हानेर स्कुटर चालक मरेपछि मोरङमा तनाव

मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बसको ठक्करले स्कुटर चालको ज्यान गएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । 

आज दिउँसो तीन बजे बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा क्षति पुगेको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन ढकालले जानकारी दिए ।  

दुर्घटनामा मृत्यु भएका स्कुटर चालकको परिचय खुलेको छैन । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू