नेपालमा गाँजा बटुलेर भारत लैजान खोज्नेहरुको सीमामा भागाभाग

नेपालमा गाँजा बटुलेर भारत लैजान खोज्नेहरुको सीमामा भागाभाग
सुन्नुहोस्

डेढ क्विन्टल गाँजासहित समातिएका सात जनालाई आज सार्वजनिक गरिएको छ । हिजो बेलुका १५७ केजी गाँजासहित बाराको जितपुर सिमराबाट पक्राउ परेका चार भारतीयसहित सात जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

गोप्य सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले हिजो बेलुका जितपुर सिमरा उपमहानरपालिका वडा नम्बर २२ अमलेखगजंस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो । गाँजा ओसार पसारमा प्रयोग भएका तीनवटा सवारी साधनसहित सात जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

बा ११ च ४९९२ नम्बरको स्कायिपोबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षीय रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ६ पोकामा १५७ केजी लागूऔषध गाँजासहित उनी पक्राउ परेका हुन् ।

यस्तै सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ३० वर्षीय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२२ अमलेखगजंका ३३ वर्षीय बुद्ध पाख्रिन रहेका छन् । उनीहरू पनि पक्राउ परेका छन् ।

सोहि क्रममा गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नम्बरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नम्बरको भारतीय पल्सर मोटरसाइकलसहित चारजना भारतीय पनि प्रहरीको नियन्त्रणमा परेका हुन् । पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षीय अलि अहमद भाट, २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ वर्षीय जागिरदिन मियाँ रहेका छन् ।

 पक्राउ परेका उपर आगूऔधष सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

बारा प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणविरुद्ध सक्रियता बढाएको छ । जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्षमा मात्रै १ हजार ७ सय केजी गाँजा बरामद गरिएको  बोगटीले जानकारी दिए ।

टिप्पणीहरू