हिमालय एअरलाइन्सले चीनको छिङताओमा उडान थाल्दै
हिमालय एअरलाइन्सले भोलिदेखि काठमाडौंबाट चीनको छिङताओमा पनि उडान थाल्ने भएको छ ।
भोलि बिहान नयाँ गन्तव्यको उडान प्रारम्भअघि हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छेन सोङ उपस्थित हुने बताइएको छ । एअरलाइन्सले भोलिको उडान चार्टर भएपनि त्यसपछि नियमित उडान हुने जनाएको छ ।
हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङ र चोङछिङमा पनि उडान गर्दै आएको छ । त्यसैगरी अबुधाबी, दमाम, दोहा, ढाका, दुबई, क्वालालम्पुर र रियादमा पनि हिमालयले नियमित उडान गर्दै आएको छ ।
टिप्पणीहरू