सबै श्रेणीहरू

हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु

नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित हिमालयन एयरलायन्सले चीनको छिन्ताओ शहर काठमाडौँसँग सिधा उडान प्रारम्भ गरेको छ । स्थापनाको ९ बर्ष पछि हिमालयनले आइतबारदेखि काठमाडौँ छिन्ताओ काठमाडौँ रुटमा सिधा उडान शुरुवात गरेको हो । 


आज एक कार्यक्रमका बीच संष्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री सुदन किराती, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रुपमा पहिलो उडानको शुभारम्भ गरेका हुन ।

 

बिहान ९ : १५ मा एक सय यात्रू बोकेर प्रस्थान गरेको उक्त विमान छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ : २२ बजे अवतरण गर्ने एयरलायन्सले जनाएको छ ।

उद्घाटन शर्तमा बोल्दै पर्यटनमन्त्री छन्ताओ चीनको लोकप्रिय सांस्कृतिक र आर्थिक शहर भएको र यो शहरमा हिमालयनको उडान शुरुवात हुनुले नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने उल्लेख गरे । 

मन्त्री किरातीले यो उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास समेत  व्यक्त गरे । यस्तै हिमालयन एयरलायन्सका अध्यक्ष एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै यो उडानल दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्ने बताए ।

 

कार्यक्रममा बोल्दै राजदूत सोङले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको धारणा राखे । 

हिमालय एअरलाइन्स प्रवक्ता विजय श्रेष्ठले  हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा भित्र्याउनु रहेको बताए ।