सभामुख र आयरल्याण्डका राष्ट्रपतिबीच भेटघाट

सभामुख र आयरल्याण्डका राष्ट्रपतिबीच भेटघाट

आयरल्याण्डको भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरे भेटघाटमा व्यस्त हुनुभएको छ । उहाँले त्यहाँका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँहरुबीच डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भेट भएको हो । सो क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।

सभामुख घिमिरेले नेपाल दुई वर्षपछि अति कम विकसित मुलुकबाट  कम विकसितमा उक्लिने जानकारी दिँदै नेपालको आर्थिक विकासको निम्ति कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधार तथा सूचना प्रविधिलगायत क्षेत्रमा विकसित मुलुकले लगानी गर्नुपर्ने सन्दर्भ उल्लेख गर्नुभएको बताइएको छ ।  

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिनुभएको छ ।

प्रत्युत्तरमा राष्ट्रपतिले सगरमाथा र हरित पर्यटनका लागि आइरिस नागरिक नेपाल भ्रमणको निम्ति उत्सुक रहेको बताउनुभएको छ ।

यसअघि सभामुख घिमिरेले आयरल्याण्डको माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधिसभाका सभामुखसँग भेट गर्नुभएको थियो । उहाँले केही मन्त्री र उच्च अधिकारीहरुसँग भेट गरी दुई पक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफल गर्नुभएको जानकारी दिइएको छ ।

 

टिप्पणीहरू