पाँच मनिचेञ्जरको इजाजतपत्र रद्द

पाँच मनिचेञ्जरको इजाजतपत्र रद्द

नेपाल राष्ट्र बैंकले पाँच वटा मनिचेञ्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । तोकिएको समयमा लाइसेन्स नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र रद्द गरिएको बैकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार काठमाडौंको वसन्तपुरस्थित फेयर मनि एक्स्चेञ्ज प्रालि, क्षेत्रपाटीस्थित कैलाश मनि एक्स्चेञ्ज प्रालि, लालदरबारस्थित रुट नेपाल, अनि एक्सचेञ्ज प्रालि, भक्तपुरको तौमढीस्थित न्यातपोल मनि एक्स्चेञ्ज प्रालि र रसुवाको गोसाईकुण्डस्थित ग्रेस मनि एक्स्चेञ्ज प्रालिको इजाजतपत्र रद्द गरिएको हो । 

‘यस बैंकबाट मनिचेञ्जर कारोबार गर्ने इजाजतपत्र प्राप्त गरेको देहायबमोजिमका मनिचेञ्जरको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जानकारी गराइन्छ,’ बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

टिप्पणीहरू