श्रीमान कलाकारको कुटपिटपछि श्रीमती कलाकारको ‘हारगुहार’

श्रीमान कलाकारको कुटपिटपछि श्रीमती कलाकारको ‘हारगुहार’
सुन्नुहोस्

टेलिसिरियलमा ’म्याकुरी’ पात्रले चर्चामा आएका कमेडी कलाकार पवन खतिवडामाथि घरेलु हिंसाको आरोप लागेको छ । अन्य युवतीसँग सम्बन्ध राखेर आफूलाई अलपत्र पारेको भन्दै श्रीमती सुम्निमा खालिङले मिडियामा ’हारगुहार’ गरेपछि उनी विवादमा परेका हुन् । 

पवनले आफूमाथि ज्यादती गरेको र जबर्जस्ती सम्बन्धविच्छेद गर्न बाध्य पारेको सुम्निमाले बताएकी छन् । हिजोको पत्रकार सम्मेलनमा उनले श्रीमान पवनले १० महिनासम्म जबजस्ती सुधार केन्द्रमा राखेर डिभोर्सको लागि बाध्य पारिएको गुनासो गरिन् । 

’एकदिन उसले बूढा–बूूढी रमाइलो गरौँ न त भनेर बियर ल्यायो र खायौँ । खाएपछि म बहुलाएर थाहा पाइनँ । उसले सुधा रकेन्द्रको मान्छे बोलाएर सुधार केन्द्रमा लगेर राख्यो’, सुम्निमाले भनिन्, ’मैले सुधार केन्द्रको मान्छेलाई किन ल्याएको मलाई भनेर सोध्दा, तिमीले धेरै ड्रिंक गर्छौ रे भने । मैले ड्रिंक एक दुुईचोटी गरेको हो, एडिक्ट होइन ।’ 

पवनकै निर्देशनमा सुधार केन्द्रले मानसिक र शारीरिक याताना दिएको पनि उनको आरोप छ । आफूलाई १० महिनासम्म बहिनी र आमासँग सम्पर्क गर्न नदिएको दुखेसो गर्दै उनले विस्तृत खुलाउँदै भनेकी छन्, ’सुधार केन्द्रका मान्छेले तपाईको श्रीमान आएर नलादासम्म यहाँबाट निस्कन मिल्दैन, भने । मैले उसो भए म कति बस्नुपर्छ त भनेर सोध्दा ३ देखि ६ महिनाको कोर्स हो भन्नुभयो । ६ महिना पुग्न लाग्दासम्म पनि उसको परिवार र उ कहिल्यै भेट्न आएन ।’

उनले थप अगाडि भनिन्, ’ठीकै छ, ६ महिना कटाएर बाहिर निस्कन्छु अनि जे गर्नुपर्छ गरुला भनेर सोचेको थिएँ । तर, ६ महिना हुनै लाग्दा मामा र ज्वाई आएर भन्नुभो, तिमीले डिभोर्स दिनेभए मात्र पवन आएर निकाल्छ रे, नत्र निकाल्दैन रे ! मैले हुन्छ, डिभोर्स दिन्छु, पहिले मलाई यहाँबाट निकाल्न लगाउनुस् भने । तर, दशैँ गयो, तिहार गयो । मलाई निकालिएन । मैले १० महिना त्यहाँ बस्दा मेरो बहिनी र घरमा आमासँग कुरा गर्न पाइन । त्यहाँ कति यातना सहेर बसेँ, मलाई मात्र थाहा छ ।’ 

दुई वर्षको प्रेम सम्बन्धपछि बिबाह बन्धनमा बाँधिएको तर, शुरुवाती दिनबाटै खटपट सुरु भएको सुम्निमाले बताइन् । अत्याधिक मदिरा सेवन गर्ने र बाह्य युवतीहरुसँग अनैतिक सम्बन्ध राख्ने श्रीमानको आदतले सम्बन्धमा खटपट भएको उनको भनाई छ । 

’दुई–तीन वर्ष बूढीसँग बस्दा पनि बच्चा भाको छैन भनेर अरु केटीसँग झुट बोल्दो रहेछ । यो ऋतु भन्ने केटी हो, उ यो केटीको बेडमै गएर सुतेको छ, हेर्नुस् यी’, केही भिडियो क्लिप देखाउँदै सुम्निमाले सुनाइन्, ’मैले उसको ब्यागमा केटीको पेन्टी र ब्रा भेटेको छु, कुन आधारले राख्छ त ?’

शुरुका दिनमा विश्वास गरेर आफ्नो सबै पैसा र कारसमेत पवनलाई नै दिएको उनको भनाई छ । अहिले आफूसँग नागरिकतासमेत नभएको उनले पीडा सुनाइन् । ’उसले नै प्रेम प्रस्ताव राखेको थियो, उसले नै बिहेको प्रस्ताव राखेको हो’, उनले गुनासो गर्दै भनिन, ’मेरो पैसा र कार उसकै नाममा गरे, अहिले मेरो नागरिकता पनि छैन । ब्ल्याङ्क भएर उसलाई ट्रस्ट गरे ।’ 

यता, पवनले भने सुम्निामाले लगाएका सबै आरोप मिथ्या भएको दावी गरेका छन् । पत्रकार सम्मेलनमा लगाएका आरोपबारे अनविज्ञ रहेको र आवश्यक परे आफूले पनि पत्रकार सम्मेलन गरेर स्पष्ट पार्न सक्ने उनको भनाई छ । 

हिजो साँझ एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा पवन घाइते अवस्थामा उपस्थित थिए । उनको अनुहारमा कुटपिटको चोट लागेका केही दाग स्पष्ट देखिन्थ्यो । उनले यही विवादकै विषयमा आफूमाथि कुटपिट भएको बताएका छन् । श्रीमती सुम्निम, शर्मिला वाइवा र गंगा राईको नाम लिँदै नवीन थापाको घरमा आफूमाथि आक्रमण भएको उनले बताए । 

’शर्मिला वाइवा, सुम्निमा खालिङ, गंगा राईलगायत मान्छेहरुले मलाई आक्रमण गरेका हुन्’, पवनले भनेका छन्, ’म आज दिनभर वकिललाई भेटेर हिँडेको छु । यहाँ झोलामा हेर्नुस्, सबै कागजात छन् ।’ 

आफू ब्ल्याकमेलिङको शिकार भएको उनको दावी छ । आफूले कुनै गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताउँदै पवनले भने, ’अहिले ब्ल्याकमेलिङ भै’राछ । ब्ल्याकमेलिङको पनि पराकाष्ठा नाघिसक्यो । यदि मेरो गल्ती रैछ भने म जस्तोसुकै, जुनसुकै सजायँ पनि भोग्न तयार छु ।’ 

कुनै महिलाले रुँदै पत्रकार सम्मेलन गर्दैमा उनीहरुले बोलेको सबैकुरा सही नहुने पवनको तर्क छ । आफू सुनियोजित तरिकाले रचिएको षड्यन्त्रमा फसेको पनि उनले बताए । 

’उसको रुने कला एकदम राम्रो छ । तर, रुँदै कराउँदैमा सबै मान्छे राइट हुदैन’, उनले भने, ’म यो मजाको गेममा फसिराछु । यो एकदम राम्रो गेम छ । यो गेमभित्र मलाई पारिएको छ । यो खेल अलिकति डेन्जरै छ ।’ 

आफू एक वर्षदेखि सुम्निमाबाट अलग बसेको समेत पवनको दाबी छ । कुनै समस्या भए त्यसलाई प्रहरी वा अदालती प्रक्रियाबाट टुंगाउन सुझाएको तर आफूलाई गलत सावित गर्नकै लागि मिडियाबाजी गरिएको पनि उनले आरोप लगाए ।  

’एक वर्ष भइसक्यो, म सुम्निमासँग छैन । यसको कारण के हो भनेर मेरो नजिकका पिके भाइन्स तथा गोलमालका कलाकार र पत्रकारहरुलाई राम्ररी थाहा छ’, पवनले थपे, ’मैले उनीहरुको पत्रकार सम्मेलनको भिडियो हेरेको छैन । हेरेर म पनि बोल्छु । सायद, आजै वा भोलिसम्ममा ।’ 

स्मरण रहोस्, घटनामा जोडिएकी शर्मिला वाइवा विवादित पात्र हुन् । आफूलाई महिला अभियन्ता भन्न रुचाउने उनी यसअघि दर्जनौँ विवादास्पद घटनामा जोडिएकी छन् । वाइवाले केही समय पहिले पत्रकार ऋषि धमलाले आफूसँग शारिरिक सम्बन्ध राखेको भन्दै अन्तर्वार्ता दिएकी थिइन् । तर, उक्त कुरा पुष्टि हुन सकेन ।

वाइवाकै कारण सामाजिक सञ्जालमा पत्रकार धमला ’काजु काण्ड’ भन्दै ट्रोलको शिकारसमेत बनेका थिए ।  त्यस्तै, घटनामा सुम्निमाले ’पवनले गर्भवती बनाएको’ भनिएकी युवती ऋतु पनि विवादित मोडल हुन् । केही म्युजिक भिडियोमा काम गरेकी उनको नाम यसअघि अन्य केही युवकहरुसँग पनि जोडिएको थियो ।
 
पवन युवापुस्ताका चर्चित कमेडियन हुन् । ’पिके भाइन्स’ नामक उनको यूटुब च्यानल पनि छ, जसलाई दश लाखभन्दा बढीले सब्सक्राइब गरेका छन् । उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियल ’वडा नं ६’, ’कमेडी क्लब विथ च्याम्पियन’ लगायत दर्जनाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । सुम्निमा पनि कलाकार नै हुन् ।

टिप्पणीहरू