चिट चोराउने गुरुहरू च्याप्पै

चिट चोराउने गुरुहरू च्याप्पै
सुन्नुहोस्

प्रविधिको दुरूपयोगमार्फत प्रश्नपत्र लिक गरी विद्यार्थीसम्म पुर्‍याउने गरेको तथ्य बाँकेमै भेटिएको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१२ मा मनोजकुमार ओलीले सञ्चालन गरेको ओ एन्ड बी ए वन क्लासेस इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर ईरफान अली मिकरानीलाई दुई थान मोबाइलसहित फेला पारी चेकजाँच गर्दा विज्ञान तथा प्रविधि विषयको प्रश्नको उत्तर लेखी पठाएको, सोही इन्स्टिच्युटमा कार्यरत दिलिप विक र सन्तोष नेपालीलाई सोलुसन बुक र प्राक्टिस बुक राखी प्रश्नपत्र प्रिन्ट गरेर कपीको पानामा उत्तर लेख्दै गरेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले निजहरूको मोबाइलबाट विद्यार्थीलाई उत्तर पठाएको प्रमाण फेला पार्नुका साथै ल्यापटप, मोबाइल, प्रश्नपत्र र उत्तर लेखिएका उत्तर कपीसहित निजहरूलाई नियन्त्रणमा लिएको छ ।

चैत २० गते नै नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित लोटस बोर्डिङ स्कूलका शिक्षक अल्ताफ खाँले विज्ञान विषयको उत्तर लेखी विद्यार्थीलाई पठाएको मोबाइलसहित प्रहरीले फेला पारी प्रधानाध्यापक तपनकुमार शर्मालाई समातेर कारवाही अघि बढाएको छ ।

शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम निजहरूलाई ६ महिनासम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनुपर्नेे प्रहरीको मागदाबी छ । परीक्षालाई मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष गणेश भण्डारी सहितको टिमलाई परिवर्तन गरिएको प्रजिअ श्रवणकुमार पोखरेलले बताए ।
 

टिप्पणीहरू