नयाँ मौद्रिक नीतिको तयारी

नयाँ मौद्रिक नीतिको तयारी

पाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको तयारी थालेको छ । राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको लागि राय÷सुझाव मागेको हो । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगानामा आउँदो असार १६ गतेभित्र आफ्नो राय÷सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ । 

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको लागि आफ्ना राय÷सुझाव यस बैंकको आर्थिक अनुसन्धान विभागमा २०८१ असार १६ गतेभित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

 

टिप्पणीहरू