अशोक सिग्देललाई मान्छे छान्ने अख्तियारी

अशोक सिग्देललाई मान्छे छान्ने अख्तियारी

डेढ महिनापछि नेपाली सेनाको सर्वोच्च कमाण्डरका रूपमा पदासीन हुनसक्ने अशोक सिग्देलले प्रधानसेनापतिमातहत रहने सैनिक सचिवालयको जिम्मेवारीमा एकतारे जर्नेल पूर्ण खत्रीलाई ल्याउन सफल भएका छन् ।

खत्री सिरहा मिर्चैयास्थित २८ नम्बर बाहिनीको प्रमुखबाट सरुवा भई सचिवालयको नेतृत्व गर्न आइपुगेका छन् । सचिवालयको नेतृत्व सम्हाल्नेले सेनापतिमा बढुवाको बेला गरिने सम्बोधन भाषणको मस्यौदा तयार गर्नुपर्ने हुन्छ । भूतपूर्व सैनिक र विभिन्न सैन्य युनिटको अवस्था, प्राथमिकता क्षेत्र निर्धारणजस्तै अस्पताल, एयरपोर्टजस्ता विषय, अहिलेका प्रधानसेनापतिले चालु गरेका तर अधुरा नीति तथा योजना कार्यान्वयन गर्ने भावको लेखाइ पनि त्यसैमा समावेश गरिन्छ । 

सेनापतिले रिटायर्ड हुनु एक डेढ महिनाअघि नैं विभिन्न युनिटको बिदाइ निरीक्षण भ्रमण गर्ने चलन हो । तर प्रभुराम शर्माले अहिलेसम्म त्यस्तो कार्यक्रम बनाएका छैनन् । बिदाइ निरीक्षणका क्रममा मेरो कार्यक्रममा पल्टनले राम्रो काम ग–यो, सबैले साथ सहयोग दिनु भयो त्यसका लागि धन्यवाद भन्ने चलन थियो ।

यसपल्ट भने पृतना र बाहिनीअड्डासम्म मात्रै यस्तो बिदाइ कार्यक्रम हुने सम्भावना छ । अर्कोतर्फ उपरथी योगराज शर्मा गएको बिहीबारदेखि विदा बसेका छन् भने सिरियाको गोलान हाइटमा शान्ति सेनाको नेतृत्व गरिरहेका निर्मल थापा असोजमा फर्केर आउने छन् । उनको स्थानमा उपत्यका पृतनापति सागर थापा जाने तयारी भइरहेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू