पदाधिकारीहरुमाथि आरोप लगाएका क्यानका उपाध्यक्षसहित चारजना शंकाको घेरामा

पदाधिकारीहरुमाथि आरोप लगाएका क्यानका उपाध्यक्षसहित चारजना शंकाको घेरामा

नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोधेको छ । 

हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले सिंहसहित केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

टि–२० विश्वकपका क्रममा उनीहरुले संघका पदाधिकारीहरुलाई लक्षित गरी विभिन्न मिडियामा आधारहीन आरोप लगाउँदै अन्तरवार्ता दिएको र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको क्यानले जनाएको छ । 

त्यस्तै, क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई सन् २०२४ डिसेम्बर ३१ सम्म ‘ए’ ग्रेडमा राख्ने भएको छ । बैठकले क्यानको प्रवक्तामा सदस्य तुम्बी लामालाई मनोनयन गरेको छ । आगामी नोभेम्बर–डिसेम्बरमा ‘नेपाल प्रिमियर लिग’ आयोजना गर्ने निर्णय पनि भएको छ ।

टिप्पणीहरू