मुद्दाका जर्नेल कसरी बढुवा ?

मुद्दाका जर्नेल कसरी बढुवा ?
सुन्नुहोस्

साइकल जर्नेलको नामले परिचित र हालै दुईतारेमा बढुवा भएका मधुकर कार्की ३३ वर्षको जागिर अवधिमा २ वर्ष पनि काठमाडाैँ उपत्यकाबाट बाहिर गएनन् । नीतिविपरीत ११ वर्ष प्रमुख सेनानी भई गौरवसमशेर र राजेन्द्र क्षत्री चिफहरूको कृपाले तर मारे ।

सैनिक जीवनको १८ वर्ष विदेश तालिम र अमेरिकामा बिताए । एनसेल काण्डमा संलग्न भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ र यसको फैसला यही श्रावण मसान्तमा हुँदै छ । मुख्यसचिव त मुद्दा परेपछि निलम्बन भए तर मधुकर कार्की उल्टै कसरी पदोन्नतिको लागि सिफारिस भए ? रक्षा सचिव किरण शर्माको पिआरले जागिर ठेगानमा छैन । प्रधानसेनापति र नेपाली सेनालाई नै मुद्दा हाल्ने मधुकर कार्की कसरी बढुवामा परे ?

सरकारले ढिला नगरी सेनाको भ्रष्टाचार छानबिन गर्नुपर्छ । जर्नेल–कर्णेल र चिफहरूले अमेरिका र अष्ट्रेलियामा कसरी आफन्तको नाममा घर सम्पत्ति खरिद गरेका छन् ? नेपालमा कसरी स्विमिङ पुलवाला घर महल बनाए ? अर्को अर्बाैं जग्गा–जमिन र घर कसरी कमाए ? राजेन्द्र क्षत्रीको मात्र सम्पत्ति छानबिन गर्ने हो भने कल्पना नै गर्न नसकिने भ्रष्टाचारको फेहरिस्त उदांगिनेछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू