विश्वासको मतपछि पेरिसडाँडाबाट प्रधानमन्त्रीको विशेष सम्बोधन

विश्वासको मतपछि पेरिसडाँडाबाट प्रधानमन्त्रीको विशेष सम्बोधन

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडाबाट विशेष सम्बोधन गर्नुहुने भएको छ । 

देशमा विकसित राजनीतिक घटनाक्रमबारे उहाँले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । त्यसअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट केहीबेरमा विश्वासको मत लिँदै हुनुहुन्छ । 

तर, राजनीतिक समीकरण हेर्दा उहाँले विश्वासको मत नपाउने निश्चित छ । विश्वासको मत नपाएसँगै पदमुक्त हुनुहुने प्रधानमन्त्रीले भावी रणनीतिलगायतका विषयमा पार्टी कार्यालयबाट विशेष घोषणा गर्ने बुझिएको छ ।

टिप्पणीहरू