हिजोदेखि त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोन प्रयोग

हिजोदेखि त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोन प्रयोग
सुन्नुहोस्

चितवनको सिमलतालमा पहिरोले बगाएपछि त्रिशुलीमा बगेका दुईवटा यात्रुवाहक बस र त्यसमा रहेका यात्रुको खोजी बिहानदेखि थालिएको छ । हिजो रातिदेखि बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।

आज बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरीले वाटर ड्रोन प्रयोग गरेको जनाएको छ ।

हिजो दिनभरको प्रयासमा बसको पर्दा र बच्चाको ट्राउजर भेटिएको थियो । दुई वटा बसमा ६० जनाभन्दा बढी यात्रु थिए । उनीहरुको अवस्था अझै अज्ञात छ ।
 

टिप्पणीहरू