बैंककमा मनाइयो भानुजयन्ती

बैंककमा मनाइयो भानुजयन्ती

थाइल्याण्डको राजधानी बैंककमा भानुजयन्ती मनाइएको छ । थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका संघसंस्थाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदूत धनबहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र संवद्र्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

दुई दर्जनभन्दा बढी साहित्यकारले आफ्ना रचना प्रस्तुत गरिएको कार्यक्रममा एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली संघका अध्यक्ष लक्ष्मण केसीलगायत भाषा साहित्य संस्थाका प्रतिनिधि तथा बाल साहित्यकारहरुको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू