भागेका भरतको सुमेरु पूर्वराजाका ज्वाइँले सकार्ने

भागेका भरतको सुमेरु पूर्वराजाका ज्वाइँले सकार्ने
सुन्नुहोस्

बचतकर्ताको अर्बौं रूपैयाँ हिनामिना गरेर बेलायततिर ‘फरार’ भरत महर्जनको ‘सुमेरु सहकारी समूह’ पूर्वराजा ज्ञानेन्द्र शाहका एक मात्र छोरी ज्वाइँ राजबहादुर सिंहले सकार्न लागेका छन् । उनले ‘सुमेरु ग्रुप’ अन्तर्गत रहेको सुमेरु सिटी अस्पताल, एशियन कलेज, शंकरापुर कलेज, सुमेरु मार्टलगायतका दर्जनौं कम्पनी लिने कागजमा सही गरेका छन् ।

असार ३ गते ललितपुरमा सम्पन्न सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको २३ औं वार्षिक साधारण सभाबाट उनले सबै कम्पनी आफूले सकार्ने र बचतकर्ताको रकम फिर्ता दिने सहमति गरेको बुझिएको छ । आगामी साउन १५ गतेबाट स–साना बचतकर्ताको बचत फिर्ता दिन थाल्ने सहमति हेटौंडास्थित सहकारी रजिष्ट्रार कार्यालयलाई दिइएको जानकारीमा उल्लेख छ ।

 

सहमतिपत्रमा राजबहादुर र हेमराज दाहालले हस्ताक्षर गरेका छन् । यसैबमोजिम उनका प्रतिनिधि हरिश चन्द सहकारीको उपाध्यक्षमा राखिएका छन्् । साधारण सभाबाट नयाँ सञ्चालक समिति र लेखा समिति गठन गरिएको छ । अध्यक्षमा ३०% वाला भरतनिकट ललितपुर महानगरपालिका २३, धापाखेल बस्ने वीरेन्द्र महर्जन आएका छन् । उनको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति गठन भएको छ । उपाध्यक्षमा हरिश चन्द, सचिवमा ओर्थिल गुरुङ्ग, मनाङ्ग थैग, कोषाध्यक्षमा राजन राई, सदस्यमा गोकुलबहादुर रोकाया, ध्रुवबहादुर शाह र अनिल मल्ल छन् । 

त्यसैगरी, लेखा समितिको संयोजक दिनेश ज्यू तोकिएका छन् । सदस्यमा एकराज बराल र मित्रलाल चौधरी रहेका छन् । भरत सहकारीमा बचत भएको ३३ हजार सर्वसाधारणको १० अर्ब हिनामिना गरेर झण्डै डेढ वर्षदेखि बेलायतमा लुकी बसेका छन् ।  सहकारी समस्याग्रस्त बनाएपछि उनले अर्को व्यक्तिलाई जिम्मा लगाएर हिंडेका हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयबाट रेड नोटिस जारी भइसकेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू