प्रधानमन्त्रीको सल्लाहकार नियुक्त नहुँदै राष्ट्र बैंकमा हस्तक्षेप,मौद्रिक नीति रोकियो

प्रधानमन्त्रीको सल्लाहकार नियुक्त नहुँदै राष्ट्र बैंकमा हस्तक्षेप,मौद्रिक नीति रोकियो
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्न लागे पनि अन्तिम क्षणमा रोकिएको छ ।हिजो बिहानदेखि बसेको बैंक व्यवस्थापन समितिको बैठकबाट पारित गरेर आज बिहान सञ्चालक समितिले अनुमोदनपछि दिउँसो सार्वजनिक गर्न लागिएको मौद्रिक नीति प्रधानमन्त्री केपी शर्मा ओलीको हिजो साँझ नियुक्त विकास सल्लाहकारका कारण रोकिएको बताइन्छ ।

बैंक उच्च स्रोतका अनुसार सल्लाहकार डा. युवराज खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई दिउँसो साढे ३ बजे धुम्बाराहीस्थित निवासमा डाकेर मौद्रिक नीतिबारे जानकारी लिएका थिए । स्वायत्त संस्था केन्द्रीय बैंकको व्यवस्थापन समिति र सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक हुने मौद्रिक नीति खतिवडाको बोलावटसङ्गै आजलाई रोकिएको हो ।

‘आजलाई रोक्नुस् भन्ने खबर आएको छ । अब पर्सि बिहान पुनः बोर्ड बैठक राखिने छ । आजलाई डाकिएको बैठक हिजो खतिवडाको बोलावटपछि रोकिँदा गलत म्यासेज जाने भएपछि राखिएको मात्रै हो । आइतबार बिहान खतिवडाको चाहना अनुसारका बुँदा थपिएपछि मौद्रिक नीति सार्वजनिक हुने छ ।’

भलै बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सञ्चालक समिति बैठक बसिरहेको छ । तर,आज दिउँसो सार्वजनिक गर्न यसअघि भएका सबै तयारी हाललाई रोकिएको छ । बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले नवनिर्मित केन्द्रीय कार्यालय भवनको सभा हलमा मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको थियो ।

स्रोत भन्छ, ‘आजलाई रोक्नुस् भन्ने खबर आएको छ । अब पर्सि बिहान पुनः बोर्ड बैठक राखिने छ । आजलाई डाकिएको बैठक हिजो खतिवडाको बोलावटपछि रोकिँदा गलत म्यासेज जाने भएपछि राखिएको मात्रै हो । आइतबार बिहान खतिवडाको चाहना अनुसारका बुँदा थपिएपछि मौद्रिक नीति सार्वजनिक हुने छ ।’

बैंकका एक जना सञ्चालकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने मौद्रिक नीतिको मस्यौदा तयार पारिएको बताए । व्यवस्थापन कमिटीको बैठकले हिजो पारित गरेर आज बिहानको बोर्ड बैठकमा पेश गर्ने भनिए पनि पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्रीले आफ्नो स्वार्थ अनुकूलको नीति सार्वजनिक गर्न दबाब दिएपछि अर्को बैठकले मात्रै पारित गर्ने उनको बुझाई छ ।

टिप्पणीहरू