दिउँसो डोजरमा चढेका न्युरोडवासी राति सडकमै सुत्ने

दिउँसो डोजरमा चढेका न्युरोडवासी राति सडकमै सुत्ने

न्युरोडमा फुटपाथ विस्तार गर्ने काठमाडौं महानगरपालिकाको योजनाविरुद्ध प्रतिकारमा उत्रिएका स्थानीय रातभर जाग्राम बस्ने भएका छन् । 

महानगरले रातको समयमा सडक खन्न सक्ने भन्दै उनीहरुले सडकमै सुत्ने तयारी गरेका हुन् । प्रदर्शनकारीहरुले वडा नम्बर २३ को जुद्ध शालिक हुँदै धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोसम्म राति धर्ना बस्न पाल टाँगेका छन् । 

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएसँगै महानगरले बुधवारदेखि का शुरु गरेको छ । तर, फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा हिजोदेखि प्रदर्शन भैरहेको छ । 

आज भएको विरोध प्रदर्शनमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको थियो । सो क्रममा स्थानीयहरु महानगरको डोजरमाथि चढेका थिए ।

टिप्पणीहरू