एकैछिनको वर्षापछि राजधानीको सडकमा बाढी
आज साँझ छोटो समय परेको वर्षाले राजधानीका केही स्थान डुबानमा परेका छन् । केही स्थानका सडकमा बाढी नै आएको छ ।
साँझपख परेको वर्षाका कारण चाबहिल–साँखु मूल सडकको दक्षिणढोका सडक खण्डमा बाढी नै आएको थियो । सडक केहीबेर खोलो बनेपछि सडक यातायात अवरुद्ध भएको हो ।
उता, बालाजु क्षेत्र पनि साँझको वर्षापछि डुबानमा परेको छ । चक्रपथ वरपरको क्षेत्रमा पानी जमेपछि जनजीवन प्रभावित भएको थियो ।
टिप्पणीहरू