सेनापतिमा सर्वाेच्चको सन्त्रास

सेनापतिमा सर्वाेच्चको सन्त्रास
सुन्नुहोस्

इतिहासमा फेरि एकपटक प्रधानसेनापति नियुक्तिको विषयले मुलुकलाई तरंगित बनाउँदै छ । अशोक सिग्देललाई बनाउने र नबनाउनेबीचको तानातानले भित्रभित्रै उग्र रुप लिइरहेको छ ।  

प्रचलनअनुसार कार्यकाल सिध्याएर जानेले उत्तराधिकारी सिफारिस गर्नुपर्ने हुन्छ । त्यसअनुसार, प्रभुराम शर्माले अशोक सिग्देलकै सिफारिस गर्नुपर्ने बाध्यता पनि छ । तर, त्यसरी पठाइएको फाइल रक्षा मन्त्रालय पुग्ने दिन सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी गराउन एउटा पक्ष जोडतोडसँग लागि परेको छ ।

यसअघि रक्षामा एमालेका हरि उप्रेती र अहिले पनि सोही पार्टीका मानवीर राई मन्त्री छन् । झट्ट हेर्दा परिवर्तित अवस्थामा पनि पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्कासहित प्रभुरामचाहिँ अशोककै पक्षमा देखिन्छन् । तर, कतै उनको नाम पठाउँदा अदालत लागेर अड्किने पहिलो पात्र बन्ने त हैनन् ? यो चिन्ता पनि छ । यदि, त्यसो भयो भने सेनापति बन्ने अवसर निर्मल थापातिर जान्छ ।

अर्कातिर जंगी अड्डाको वातावरण नै अचम्मले बदलिएको छ । प्रभुरामको बिदा हुने दिन जतिजति नजिकिँदैछ, अशोकसँग उनको बोलचाल खासै देखिन्न । नियमतः बनाउनुपर्ने प्रधानसेनापतिसँग जान लागेकाको सम्बन्ध राम्रो हुनुपर्ने हो । तर, हरेक दिन अफिसबाट पहिला को निस्किने भन्नेमा प्रतिस्पर्धा नै चल्छ ।

भित्री मनबाट प्रभुराम अशोकलाई नै चाहन्छन्, अशोक पनि प्रभुरामले सिफारिस पठाइहाले हुन्थ्यो भन्नेमा छन् । तर, एकले अर्कासँग खुलेर कुरा गर्न डराइरहेका छन् । यस्तो भएपछि प्रभुरामलाई कोही एकजना न्यायाधीशले हात उठाउन सुझाव दिएका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू