एक दशकपछि राष्ट्र बैंकको आँगनबाट नीति आउँदै

एक दशकपछि राष्ट्र बैंकको  आँगनबाट नीति आउँदै
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको छ । बालुवाटारस्थित बैंक केन्द्रीय कार्यालयको सभाहलबाट मध्यान्ह सवा १२ बजे गभर्नर महाप्रसाद अधिकारीले नीति सार्वजनिक गर्ने कार्यक्रम छ । 

मौद्रिक नीतिलाई अन्तिम रुप दिन बिहान ९ बजेदेखि बैंक सञ्चालक समितिको बैठक बसेको छ । अघिल्लो साता सार्वजनिकको तयारी गरिए पनि प्रधानमन्त्रीका विकास सल्लाहकारमा डा. युवराज खतिवडाको नियुक्तिसँगै मौद्रिक नीति एक साता पछाडि धकेलिएको हो ।

व्यवस्थापन समितिले पारित गरेको मौद्रिक नीतिलाई सञ्चालक समितिको बैठकअघि सल्लाहकारले रोकेको आरोप केन्द्रीय बैंकका अधिकारीहरुले लगाएका छन् । यस पटकको मौद्रिक नीतिमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको बताइन्छ । 

२०७२ सालको महाभूकम्पछि बैंकले अधिकांश वर्षको मौद्रिक नीति होटलबाट सार्वजनिक गर्दै आएको थियो । कोरोना महामारीमा बैंकले मौद्रिक नीति औपचारिक कार्यक्रमको आयोजना नगरी सार्वजनिक गरेको थियो ।

टिप्पणीहरू