उपविजेता बनेको नेपाली टोलीलाई पुरस्कृत गरिँदै

उपविजेता बनेको नेपाली टोलीलाई पुरस्कृत गरिँदै

साफ महिला च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली महिला फुटबल टिमलाई सरकारले पुरस्कृत गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार सरकारले प्रत्येक खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्न लागेको छ । 

त्यसैगरी मुख्य प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने राखेपका सूचना अधिकारी खुशराज दाहालले बताए । टोलीका व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोले जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने उनको भनाइ छ । 

हिजो साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको छ । नेपाल भने लगातार दोस्रोपटक उपविजेतामै सीमित बनेको हो ।

टिप्पणीहरू