चुनाव हारेपछि अमेरिकामा लफडा

चुनाव हारेपछि अमेरिकामा लफडा

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ डेमोक्रेट पार्टी पराजय भएपछि आन्तरिक विवाद छताछुल्ल भएको छ । अमेरिकाको तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीले कमला ह्यारिसको हारको कारण राष्ट्रपति जो बाइडनतर्फ इंगित गरेकी छन् ।

उनका अनुसार बाइडनले समय छँदै उम्मेदवारीबाट पछि नहटेकाले अहिले अवस्था उत्पन्न भएको हो । न्यान्सीले बेलैमा उम्मेदवारीबाट हटेको भए चुनावमा डेमोक्रेट पार्टीले राम्रो प्रदर्शन गर्ने ठोकुवा गरिन् । भनिन्, ‘यसको सम्पूर्ण जिम्मेवारी बाइडनले लिनुपर्छ ।’ 

यसैबीच मंगलबारको चुनावी परिणामअनुसार तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा रिपब्लिन पार्टी बहुमत नजिक पुगेको छ । रिपब्लिकन पार्टी तल्लो सदनमा बहुमत नजिक रहेको छ ।

४ सय ३५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि दुई सय १८ सिट आवश्यक पर्छ । हालसम्म रिपब्लिकनले दुई सय १३ सिट र डेमोक्रेटिक पार्टीले दुई सय दुई सिट जितेको छ । मतगणना जारी छ । 

डोनाल्ड ट्रम्पको विजयीसँगै आगामी कार्यकालमा ह्वाइट हाउस, सिनेट र तल्लो सदनमा रिपब्लिकनको हालिमुहाली हुने निश्चित देखिन्छ ।

टिप्पणीहरू