एमालेमा अझै ११ उम्मेदवारको टुंगो लाग्न बाँकी

एमालेमा अझै ११ उम्मेदवारको टुंगो लाग्न बाँकी

नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुखका ४४ पदमध्ये ३३ मा उम्मेदवार टुंग्याएको छ । आज बसेको पार्टी सचिवालय बैठकले सिंगो पार्टी स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै उम्मेदवार तय गरेको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले तल्लो कमिटीबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको हो । 

एमालेले ओखलढुंगा, उदयपुर, ताप्लेजुङ, सप्तरी, धनुषामा वडाध्यक्ष, दैलेखमा अध्यक्षलगायतको नाम तय गर्न बाँकी छ ।

टिप्पणीहरू