सडकबाट सरकार घोषणा गर्न नपरोस् !

सडकबाट सरकार घोषणा गर्न नपरोस् !
सुन्नुहोस्

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको तर सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

रास्वपाले सभापति लामिछानेविरुद्धको कारबाहीलाई राजनीतिक प्रतिशोध भनेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले बैठकले सरकारको उक्त कार्यलाई निकृष्ट ठहर गरेको उल्लेख गरेका छन् । 

त्यसैगरी सत्तारुढ दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन सुनियोजित षड्यन्त्र भएको रास्वपाको ठहर छ । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नं. ४४९ मा सहकारी संस्थाबाट गोरखा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए तापनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने प्रस्ट देखिन्छ ।’

रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रहेर दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने बताएको  छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक प्रतिवेदनका सिफारिसहरुलाई आधार मान्दै सहकारी, लघुवित्त एवम् मिटरब्याज पीडितहरुको सरोकारसम्बन्धी तृणमूल अभियानलाई गति दिन १ महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरुले आआफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितहरुको सरोकारबमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरुको अगुवाइ गर्ने ।’

प्रवक्ता झाका अनुसार स्थानीय तहको उपनिर्वाचनमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध जनसमुदायमा जागृति फैलाउने अभियान सञ्चालन गरिने छ ।


 

टिप्पणीहरू