नयाँ आन्दोलनको नेतृत्व आफूले गर्ने प्रचण्डको उद्घोष

नयाँ आन्दोलनको नेतृत्व आफूले गर्ने प्रचण्डको उद्घोष
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको नारा पुनः अघि सार्नुभएको छ । सोही नारा बोकेर आफू नयाँ आन्दोलनको नेतृत्व गर्दै जनतामाझ जाने बताउनुभएको छ । 

आज मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाइसीएल नगर कमिटीको दोस्रो नगर अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा सार्वजनिक गर्नुभएको हो । अध्यक्ष दाहालले सो क्रममा वर्तमान सरकारको पनि चर्को आलोचना गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘म भ्रष्टाचार र बेथितिको पक्षमा नउभिँदा सरकारबाट बाहिरिनु पर्यो ।’ वर्तमान गठबन्धन सरकारलाई दलाल र बिचौलियाहरुको उपजको संज्ञा दिनुभएको छ । 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको संरक्षणमा लागेको दाबी गर्नुभयो ।

टिप्पणीहरू