रवि पुगेपछि भैरहवाका केही क्षेत्र निषेधित

रवि पुगेपछि भैरहवाका केही क्षेत्र निषेधित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराबाट भैरहवा पुर्याइएपछि रुपन्देहीका केही क्षेत्रमा निषेधित घोषणा गरिएको छ । रास्वपा कार्यकर्ताले उनको समर्थन र सहकारी पीडितहरुले विरोधमा नाराबाजी गर्ने तयारी गरेपछि जिल्ला अदालत र सरकारी वकिल कार्यालयलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनमा संलग्न रहेको आरोप लागेपछि पूरक निवेदनको आधारमा उनलाई अनुसन्धानको क्रममा बयानका लागि रूपन्देही लगिएको हो । 

केही बेरअघि लामिछानेलाई पोखराबाट विमानमा भैरहवा पुर्याइएको थियो । रास्वपका नेता तथा कार्यकर्ताहरुले विमानस्थल बाहिर प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका थिए ।

रवि लामिछाने कात्तिक २ गते काठमाडौमा पक्राउ परेपछि सोही रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

टिप्पणीहरू