सेनापति पूर्व सकेर पश्चिमतिर
प्रधानसेनापति अशोकराज सिग्देल हिजो काठमाडौंबाट डोटीमा बास बस्न पुगेका छन् । उनी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित ब्यारेकहरुको निरीक्षण भ्रमणका लागि हिजो त्यता गएका हुन् । सेनाको हेलिकोप्टर एनए ०५८ अगुस्टामा बिहानै तेघरी, बैतडी,बझाङ,अछाम,डोटीका लागि प्रस्थान गरेका थिए ।
गएराति डोटीमा बास बसेका सेनापति आज सोही हेलिकोप्टरमा बझाङ, धनगढी हुँदै राजधानी आउने कार्यक्रम छ । साढे ११ बजे डोटीबाट उडेर बझाङ जाने र उतैबाट धनगढी विमानस्थलमा फ्युल हालेपछि काठमाडौं प्रस्थान गर्नेछन् ।
अघिल्लो साता उनी कोशी प्रदेशका विभिन्न जिल्लास्थित ब्यारेकहरुको निरीक्षण भ्रमणमा जाँदा पाँचथरमा बास बसेका थिए । काठमाडौंबाट हेलिकोप्टरमा गएको नेतृत्वको टोली पहिले धनकुटा र त्यसपछि सुनसरी हुँदै झापा,पाँचथर पुगेको थियो ।
फर्कंदा चन्द्रगढी हुँदै उदयपुर र ओखलढुंगाको ब्यारेकमा पनि ओर्लेका थिए ।
टिप्पणीहरू