राजधानीका यी स्थानमा नौ दिन विद्युत अवरुद्ध हुँदै

राजधानीका यी स्थानमा नौ दिन विद्युत अवरुद्ध हुँदै
सुन्नुहोस्

काठमाडौंका विभिन्न स्थानमा आजदेखि नौ दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गत लाइन भूमिगत गर्ने काम शुरु भएसँगै पुस २६ गतेसम्म विद्युत बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणअन्तर्गत काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको छ । आज बानेश्वर दोभान पुल वरपरका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुँदैछ । 

त्यस्तै, बिहीबार फिकल चोकदेखि बाबा चोक, शुक्रबार त्रिभुवन विश्वविद्यालय वरपर, पुस २१ गते कीर्तिपुर रिङरोड, २२ गते कलंकीदेखि थानकोट, २३ गते महादेव खोला पुलदेखि तीनकुने, २४ गते त्रिभुवन विश्वविद्यालय आसपास, २५ गते स्युचाटार वरपर र २६ गते महादेव खोला पुलदेखि तीनकुने क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने जारी सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू