मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्षलाई राखेपको जिम्मा, गभर्नरलाई १३ जनाको
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा रुपन्देहीका ध्रुव आचार्यलाई नियुक्त गरेको छ । एमाले निकट मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष उनलाई हिजो बसेको क्याबिनेट बैठकले राखेप उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
यस्तै, प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख एआइजी टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय भएको छ ।
हिजैको बैठकले पुस २८ देखि माघ २ गतेसम्म फिलिपिन्सको राजधानी मनिलामा आयोजना हुने मुद्रा शुदीकरण सम्बन्धी एपीजी ‘फेस टु फेस मिटिङ’मा सहभागी हुन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नेतृत्वको १३ सदस्यीय टोलीलाई भ्रमण अनुमति दिएको छ । त्यस्तै, प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाउने निर्णय पनि क्याबिनेटले गरेको छ ।
टिप्पणीहरू