प्रभु बैंकको ‘डिजिटल क्यूब’, नगद डिपोजिटदेखि चेक क्लियरिङसम्म

प्रभु बैंकको ‘डिजिटल क्यूब’, नगद डिपोजिटदेखि चेक क्लियरिङसम्म
सुन्नुहोस्

अंग्रेजी नयाँ वर्ष २०२५ को शुरुवातसँगै प्रभु बैंकले ‘प्रभु डिजिटल क्यूब’ सञ्चालनमा ल्याएको छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले स्वचालित काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त काउण्टरमार्फत् ग्राहकले क्यास डिपोजिटसहित क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम, क्लियरिङ चेक जम्मा, खाताको स्टेट्मेण्ट प्रिन्टलगायत सेवा ग्राहक आफैंले स्वतः गर्न सक्छन् ।

योसँगै बैंकिङ्ग सेवाका निम्ति काउन्टर तथा बैंकको सम्बन्धित फाँटमा धाउनुपर्ने झन्झट अन्त्य भएको बैंकको भनाइ छ । हाललाई बैंकको मुख्य कार्यालयबाट उक्त सेवा उपलब्ध हुने र पछि आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिने जनाइएको छ ।

टिप्पणीहरू