प्रधानमन्त्रीको व्यस्तताका कारण ‘ब्रेक थ्रु सेरमोनी’ तीन दिन पछाडि
पाल्पाको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ तीन दिन पछाडि धकेलिएको छ । आगामी मंगलबार तय गरिएको कार्यक्रम प्रधानमन्त्रीको व्यस्तताका कारण तीन दिनपछि माघ ११ गते तय भएको बताइएको छ ।
निर्माणाधीन सुरुङमार्गको अब डेढ मिटर भाग मात्र खन्न बाँकी छ । उक्त सुरुङमार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको हो । सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ ।
टिप्पणीहरू