सानेपाबाट काँग्रेस नेता स्वर्गीय तीर्थरामको पार्थिव शरीरलाई टेकू लगिँदै

नेपाली काँग्रेसका नेता स्वर्गीय तीर्थराम डंगोलको शवलाई श्रद्धाञ्जलीको निम्ति पार्टी कार्यालय, सानेपामा राखिएको छ । ७७ वर्षको उमेरमा गएराति निधन भएका डंगोलको आजै दिउँसो टेकू दोभानमा अन्त्येष्टि गरिँदै छ ।
नेपाली काँग्रेस काठमाडौँका पूर्व सभापति एवम् भूतपूर्व स्वास्थ्य राज्यमन्त्री डंगोलको पार्थीव शरीरलाई बिहान उनकै निवासमा राखिएको थियो । डंगोलको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू