शिक्षक र प्रहरीबीच झडप, एक जनाको आँखा फुट्यो

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढेका शिक्षकमाथि प्रहरीले बल प्रयोग गरेपछि झडपको अवस्था निम्तिएको हो ।
प्रहरीले लाठीचार्ज गर्नुको साथै पानीको फोहोरा हानेको छ । त्यसक्रममा एक दर्जनबढी शिक्षक घाइते भएका छन् । झडपमा एक शिक्षिकाको आँखा फुटेको बताइएको छ । 'मेरो आँखा' भन्दै रुवाबासी गरिरहेकी उनलाई प्रहरीले नै पिठ्युमा बोकेर अस्पतालतर्फ दौडाइरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
घाइते शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । बानेश्वर क्षेत्रमा कोलाहल मच्चिएको छ ।
टिप्पणीहरू