प्रसाईंंको गाह्रो

गत हप्ता सिंहराजलाई लागेको थियो, दुर्गा प्रसाईंं त बिचरा हो । त्यसैले ‘बिचरा दुर्गा प्रसाईंं’ लेखियो । तर अहिले पुष्टि भयो, उनी साँच्चै नै ‘बिचरा’ रहेछन्।
पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहबाट हालै स्पष्ट भयो कि दुर्गा प्रसाईंं साँच्चै नै ‘बिचरा’ छन् । किनभने भर्खरै मात्र ‘राजा’ ज्ञानेन्द्रले स्पष्ट पार्नुभयो कि दुर्गा प्रसाईंंलाई उहाँले आन्दोलनको कमाण्डर बनाएको होइन । हामी सबैले देखेकै थियौं, दुर्गा प्रसाईंंले आफूलाई राजाकै कमाण्डर भनेका थिए । तर अहिले थाहा भयो, उनी त ‘राजा’ का कमाण्डर होइन रहेछन् । भनेपछि कसको कमाण्डर हुन् त उनी ?
आन्दोलन भयो, भाग्नुपर्यो । भागेर पारी पुग्दा भारतले पनि साथ दिएन मेची पुल तारिदियो । अहिले नेपालको हिरासतमा थुनिएर बस्नुपरेको छ । जेल पर्नु आफैमा अनौठो कुरा हो । जेल पर्दा पनि कोही राजावादीले भेट्न आएन । राप्रपाले त झन् दुर्गा प्रसाईंं रिहा गर भनेर एक शब्द पनि नारा लगाएन । हुँदा–हुँदा अब राजाले समेत यो मेरो मान्छे होइन भन्न थालिसकेपछि अब दुर्गा प्रसाईंं हुन् चाहिँ कसको मान्छे त ? यस्तो कसको मान्छे भन्ने नै ठेगान नभएका ठिमाहाको यो जत्तिको विचरापन अरू केही होला र ?
टिप्पणीहरू