मधेशमा सीता पर्व बिदा

मधेशमा सीता पर्व बिदा

मधेश प्रदेश सरकारले पर्सि सार्वजनिक बिदाको घोषणा गरेको छ । जानकी नवमी (सीता जयन्ती) पर्वको अवसरमा प्रदेश सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले चैत २२ गते प्रदेशको राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचनामा जानकी नवमी र जेठ २८ गते कविर दाउ जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय उल्लेख भएको जनाएको छ । 

सूचनामा भनिएको छ, ‘मधेश प्रदेश सरकारद्वारा मिति २०८१ चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र मिति २०८२ जेठ २८ गते बुधबार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू