सगरमाथाको शिखरमा एकैदिन आठ चिनियाँ, २२ नेपाली
विश्वको सर्वोच्च शिखर सगरमाथा एकै दिन ४० जनाले आरोहण गरेका छन् । यो वर्षको पहिलो आरोहणका दिन २२ नेपालीसहित आठ जना चिनियाँ दक्षिणी मोहोडाबाट हिजो बिहान शिखरमा पुगेबाहेक छ जना युक्रेनी,दुई चेक रिपब्लिकन,अमेरिकी र जापानी एक एक जना आरोहीलाई पनि सफलता हात लागेको पर्यटन विभागले जनाएको छ । सगरमाथाको सफल आरोहण गर्ने आठ चिनियाँ कुओ तेसिओङ, मो साओवे, लिउ सिन्लिङ, लिउ रुइछी,सोङ युसिन, फङ सिआओचुन, ह्वाङ चिमङ र चाङ तछी हुन् । हिजै सगरमाथाको शिखरमा पुग्ने २२ जना नेपाली भने आरोहीलाई सघाउने गाइड हुन् ।
यो वर्ष सगरमाथासहित २६ वटा हिमाल चढ्न ११९ आरोहण दलले अनुमति पाएका छन् । नेपालसहित ५७ देशका २४० महिला र ८८७ पुरुषले ती हिमाल आरोहण गर्दैछन् । यो वर्षको आरोहण सिजन शुरु हुने क्रममा तीन जनाको निधन भइसकेको छ ।
टिप्पणीहरू