उताका प्रदेश प्रमुखलाई यताको पनि जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी तोक्नुभएको छ ।
कर्णाली प्रदेश प्रमुख यत्रराज जोशी निजी भ्रमणमा अमेरिका गएपछि राष्ट्रपति पौडेलले मियाँलाई प्रदेश प्रमुखको कार्यभार तोक्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम जोशीको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सम्हाल्नेगरी जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । जोशी आजदेखि असार १३ गतेसम्म बिदामा बसेका छन् ।
टिप्पणीहरू