बंगलादेश हुँदै आसाम र भुटान छिर्यो मनसुन
यो वर्षको मनसुन विगतको तुलनामा दुई साता छिटो नेपाल भित्रिने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यो साताको अन्त्यसम्म मनसुन भित्रिने सम्भावना औंल्याएको छ । नेपालको पूर्वी भू–भागबाट मनसुन आगमन हुने सरदर मिति जेठ ३० गतेको हाराहारी भएपनि यो वर्ष छिट्टै आइपुग्ने अवस्था छ ।
भारतको आसामका केही भूभाग तथा भुटान र बंगलादेशको पूर्वी भू–भागमा मनसुन छिरेको महाशाखाले जनाएको छ । भू–उपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्याङ्कको विश्लेषणको आधारमा छिटो नेपाल छिर्ने अनुमन गरिएको हो ।
महाशाखाले मनसुन प्रणालीको निरन्तर अनुगमन गरिरहेको पनि जनाएको छ ।
टिप्पणीहरू