कृषि मन्त्रालयमा चिनियाँ पाहुना, ऊर्जामा अमेरिकी राजदूत

कृषि मन्त्रालयमा चिनियाँ पाहुना, ऊर्जामा अमेरिकी राजदूत

नेपाल भ्रमणमा रहेको चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष नेतृत्वको टोलीले नेपाली अधिकारीहरुसँग भेटवार्ता गरेको छ । सोही क्रममा आज दिउँसो कृषि मन्त्रालयमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग चिनियाँ जनसरकारका उपाध्यक्ष तान पाले गर्नुभएको भेटवार्तामा आपसी हित र सहयोग आदानप्रदानबारे छलफल भएको बताइएको छ । सिचाङबाट १० सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ ।

आजै नेपालका लागि अमेरिकी राजदूत ऊर्जा,जलस्रोत तथा सिन्चाइ मन्त्रालय पुग्नुभएको छ । राजदूत डिन आर थम्पसन र मन्त्री दिपक खड्कावीच बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा लामो छलफल भएको थियो  ।

टिप्पणीहरू