हृदयन्द्रले बेल्चा हानेपछि बर्थिङ सेन्टर शिलान्यास

हृदयन्द्रले बेल्चा हानेपछि बर्थिङ सेन्टर शिलान्यास

जुम्लाको गुठिचौर गाउँपालिकामा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर) शिलान्यास गरिएको छ । हिमानी ट्रस्टले वडा नम्बर-१ स्थित मणिसाँघुमा उक्त बर्थिङ सेन्टर निर्माण गर्न लागेको हो । 

पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्रले एकसाथ भूमिपूजा गर्दै बर्थिङ सेन्टरको शिलान्यास गरे । भवन बनाउने ठाउँमा हृदयन्द्रले बेल्चा समातेर माटो फाले भने हिमानीले रातो अक्षता चढाइन् । 

हिमानी र हृदयन्द्र हिजो जुम्ला पुगेका हुन् । उनीहरुलाई त्यहाँ राप्रपाका नेता ज्ञानबहादुर शाहीलगायतले स्वागत गरेका थिए ।

टिप्पणीहरू