विपद् उद्धारमा निजी हेलिकोप्टरको प्रयोग

विपद् उद्धारमा निजी हेलिकोप्टरको प्रयोग

विपद् उद्धारमा निजी क्षेत्रको हेलिकोप्टर प्रयोग गर्न लागिएको छ ।

विपद्का बेला हवाई उद्धारका लागि निजी हेलिकोप्टर प्रयोग गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच समझदारी भएको छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फबाट कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका तर्फबाट अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका छन् ।

जसअनुसार अब संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपरेमा निःशुल्क सेवा दिने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, उपत्यकाबाहिर आवश्यक परेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्यनजर गरेर न्यूनतम खर्चमा हेलिकप्टर परिचालन गरिने बताइएको छ ।

टिप्पणीहरू