युद्ध मत्थर भएसँगै केयर गिभरमा सम्झौता हुँदै

युद्ध मत्थर भएसँगै केयर गिभरमा सम्झौता हुँदै

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) का रुपमा जान छानिएका पाँच दर्जन नेपालीलाई करार सम्झौताका लागि सम्पर्कमा आउन आह्वान गरिएको छ । 

इरान–इजरायल युद्ध केही मत्थर भएसँगै इजरायलले ६६ जना नेपालीको करार सम्झौता पत्र पठाएपछि वैदेशिक रोजगार विभागले आवश्यक प्रक्रियाका लागि बोलाएको हो । 

उम्मेदवारहरुलाई सम्झौता गराई पीआईबीए, भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा पठाउनुपर्ने भएकाले सम्पर्कमा बोलाइएको विभागले जनाएको छ ।

विभागले क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारलाई भोलि र ३४ देखि ६६ सम्मका उम्मेदवारलाई आइतबार ताहाचलस्थित कार्यालयमा उपस्थित हुन भनेको छ । 

इजरायल–इरानबीच युद्ध चर्किएपछि केयर गिभरसम्बन्धी प्रक्रिया रोकिएको थियो । अहिले युद्धको त्रास कम भएसँगै करार सम्झौता अघि बढेको हो ।

टिप्पणीहरू