विपद्बाट जोगिन महानगरको आग्रह

विपद्बाट जोगिन महानगरको आग्रह

पोखरा महानगरपालिकाले निरन्तर भइरहेको वर्षाले निम्त्याउने विपद्का घटनाबाट जोगिन आग्रह गरेको छ । 

वर्षाले अत्याधिक विपद्का घटनाहरु घटिरहेको उल्लेख गर्दै महानगरले नगरवासीलाई सतर्कता अपनाउन भनेको हो । महानगरले सूचना जारी गर्दै विशेषगरी पहिरो तथा भूक्षयको सम्भावित क्षेत्रहरु, डुबान हुने क्षेत्रहरु र नदी तथा खोला किनारमा बसोबास गर्नेहरुलाई सतर्क भएर बस्न सूचित गराएको छ । 

‘पोखरा महानगरपालिका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले मनसुनजन्य विपद्का घटनाहरु घट्न सक्छन् । यसबाट बच्नका लागि विशेषगरी पहिरो तथा भूक्षयको सम्भावित क्षेत्रहरु, डुबान हुने क्षेत्रहरु र नदी तथा खोला किनारका बस्तीहरुमा आवश्यक सतर्कता अपनाउन पोखरा महानगरपालिका सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछ’, सूचनामा भनिएको छ । 

त्यसैगरी, कुनै स्थानमा विपद्का घटना घटेमा हेल्लो मेयरको टोल फ्रि नम्बर ११८१, विपद् शाखाको फोन नम्बर ०६१–५८३३१३ तथा नजिकको प्रहरी कार्यालय र जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न भनिएको छ ।

टिप्पणीहरू