राष्ट्रिय किताबखाना (प्रहरी) को ‘सफ्टवेयर क्र्याक’
काठमाडौंको लैनचौरस्थित राष्ट्रिय किताबखाना (प्रहरी) को सफ्टवेयर बिग्रिएको छ । गत असार २२ गतेदेखि बन्द सफ्टवेयर अहिलेसम्म पनि सुचारु भएको छैन । जसका कारण सम्पत्ति विवरणको अनलाइन दर्ता रोकिएको छ ।
साउन १ गतेदेखि अनलाइन दर्ता शुरु हुनुपर्नेमा कर्मचारीहरुले हातले लेखेर विवरण राखिरहेका छन् । किताबखानाका सूचना अधिकारी निर्देशक नवराज ढकालले ‘सफ्टवेयर क्रयाक’ भएको जानकारी दिए । कार्यालयमा प्राविधिक नहुँदा सफ्टवेयर बनाउन समस्या भएको उनको गुनासो छ ।
‘कार्यालयमा प्राविधिकको दरबन्दी छैन । यहाँ एक जना पनि प्राविधिक हुनुहुन्न । कार्यालयले माथिल्लो निकायमा दुईपटक प्राविधिकको माग गरिसकेको छ । तर,अहिलेसम्म पठाएको छैन । सबैभन्दा ठूलो समस्याचाँहि प्राविधिक नहुँदा भएको हो’,उनले भने ।
निर्देशक ढकालका अनुसार हरिहरभवनस्थित राष्ट्रिय किताबखाना (निजामती) बाट हिजो एक जना सरकारी इन्जिनियर प्राविधिक चेकजाँचका लागि कार्यालय आएका छन् । ती इन्जिनियरले सफ्टवेयरको अध्ययन गरिरहेको उनको भनाइ छ । सफ्टवेयर बिग्रिए पनि काम सुचारु नै रहेको बताउँछन् ।
पहिलोपटक लामो समय सफ्टवेयर बिग्रिएको निर्देशक ढकाल बताउँछन् । विगतमा बिग्रिए पनि सञ्चालनमा आइहाल्नेमा यसपटक ठूलै समय देखिएको छ । नयाँ सफ्टवेयर खरिदका लागि कार्यालयले बजेट विनियोजन गरेको छैन । जसका कारण समस्या अझै लम्बिने देखिन्छ ।
भन्छन्,‘सफ्टवेयर बिग्रिए पनि काम रोकिएको छैन । पहिले सफ्टवेयरले गर्दा एकैपटकमा हुन्थ्यो,अहिले म्यानुअल्ली गर्नुपरिरहेको छ । दोहोरो काम पर्यो । अहिले कार्यालयमा कम चाप छ । सम्पत्ति विवरण दर्ता गर्ने बेलामा चाँहि अलिक भार पर्छ ।’
पहिलोपटक लामो समय सफ्टवेयर बिग्रिएको निर्देशक ढकाल बताउँछन् । विगतमा बिग्रिए पनि सञ्चालनमा आइहाल्नेमा यसपटक ठूलै समय देखिएको छ । नयाँ सफ्टवेयर खरिदका लागि कार्यालयले बजेट विनियोजन गरेको छैन । जसका कारण समस्या अझै लम्बिने देखिन्छ ।
‘यो २०७३ सालतिर जडान गरेको सफ्टवेयर हो । त्यतिबेलै कम्पनीले चार–पाँच वर्ष टिक्छ भनेको थियो । पहिले बिग्रिए पनि प्राविधिकले हेरेपछि चलिहाल्थ्यो । फर्स्ट टाइम लङटर्म समस्या देखिएको छ । नयाँ मेसिन खरिद गर्न पनि सम्भव छैन’,निर्देशक ढकाल भन्छन्,‘असार २५ गतेदेखि खाता बन्द भइहाल्यो । फेरि सफ्टवेयर खरिदका लागि बजेट विनियोजन गरिएको छैन ।’
टिप्पणीहरू