विद्यार्थीका लागि एनसेलको ‘सँधै अन रिन्युअल’ अफर
दूरसञ्चार सेवा प्रदायक एनसेलले विद्यार्थीलाई लक्षित गर्दै ‘सँधै अन रिन्युअल’ सञ्चालनमा ल्याएको छ । सुलभ दरमा मनोरञ्जनसँगै दूरसञ्चार सेवामा विद्यार्थीको पहुँच सुनिश्चितत गर्ने उद्देश्यले यो योजना अघि सारिएको हो ।
एनसेलका अनुसार करसहित ३९९ रुपैयाँ वा सोभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यो योजनामा अनलिमिटेड फेसबुक, टिकटक, युट्युब, नाइट डेटाका साथै लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँचलगायत सेवाहरु छन् ।
३९९ रुपैयाँको सँधै अन रिन्युअलमा विद्यार्थीले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवा पाउनसक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, विद्यार्थीले ५९९ रुपैयाँको सँधै अन रिन्युअल लिएमा ५९९ मिजेट अल नेपाल टम टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवा पाउनेछन् । यही योजनाअन्तर्गत विद्यार्थीले सिम वा ई–सिम पनि लिन सक्नेछन् ।
त्यसका लागि आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकता प्रतिलिपिसहित नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेता कहाँ जानुपर्ने छ ।
सँधै अन रिन्युअलले विद्यार्थीलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट शुरु गर्न र उनीहरुलाई सधै अन राखी परिवार, साथीभाइसँग सम्पर्कमा रहन सहयोग पुर्याउने एनसेलको विश्वास छ ।
टिप्पणीहरू