अनसनकारीको मागमा लबिम मलको जग्गा भाडाको चुरो कुरो

अनसनकारीको मागमा लबिम मलको जग्गा भाडाको चुरो कुरो

पाटन संयुक्त क्याम्पसमा सुधारको माग राख्दै एक विद्यार्थी आमरण अनसनमा बसेका छन् । क्याम्पसको लापरबाहीका कारण विद्यार्थीले विभिन्न समस्या भोग्नुपरेको जनाउँदै अर्थशास्त्र विषय अध्ययनरत शंकर तिवारी अनसनमा बसेका हुन् ।

उनले २०७९ देखि रोकिएको विद्यार्थी छात्रवृत्ति तत्काल सुचारु गर्नुपर्ने, अघिल्ला प्रतिनिधि नदोहोरिनेगरी व्यवस्थापन समिति नियुक्ति, अतिक्रमण भएका जग्गाको सन्दर्भमा छानबिन, कक्षाकोठा र क्याम्पस परिसरमा दैनिक रुपमा सरसफाई, बिना प्रतिस्पर्धा आएका आंशिक शिक्षकको योग्यता र प्रस्तुतीकरण जाँचेर अयोग्य ठहरिने शिक्षकको विकल्प खोज्नुपर्ने माग गरेका छन् । 

त्यस्तै, हरेक विभाग र ब्लकमा स्वच्छ खानेपानीको प्रबन्ध, लबिम मललाई भाडामा दिएको क्याम्पसको जग्गा सम्बन्धमा त्रिताल आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिकीकरण, क्याम्पस प्राङ्गणमा राखिएका फर्निचर हटाएर कक्षाकोठा सञ्चालन, हरेक विभागमा मासिक एक गेष्ट लेक्चर र त्रैमासिक रुपमा अनुसन्धान सेमिनारको आयोजना र त्रिभुवन विश्वविद्यालयले तोकेको १५० पाठ्यभार पूरा नगरी पढाएकोजस्तो मात्रै गरी आधा समयमा कोर्ष सकाउने शिक्षकलाई कारबाहीको माग गरिएको छ ।

टिप्पणीहरू