स्यालले टोकेर महिला घाइते
चितवनको भरतपुरमा एक महिला स्यालले टोकेर घाइते भएकी छिन् ।
हिजो बेलुकी आठ बजेको समयतिर भरतपुर–१७ स्थित शिवशक्ति टोल बस्ने वर्ष ३७ की यशोदा कुमाललाई घर नजिकै मन्दिरबाट फर्किने क्रममा स्यालले टोकेको हो ।
स्यालले टोकेर मध्यम घाइते भएकी उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
– अजय गोर्खाली
टिप्पणीहरू